Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चिनियाँ चिन्ता ‘साझा स्वार्थ सुरक्षा’

काठमाडौं । साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल र चीन एकअर्कालाई बुझ्ने र साथ दिने भरपर्दा मित्र र साझेदार भएको बताएका छन्।

चीनको हांगचौमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भएको द्विपक्षीय भेटवार्तामा दाहालले त्यस्तो धारणा राख्दै चीनले अघि सारेका बिआरआईलगायत कनेक्टिभिटी विकासका पहलहरूलाई नेपालले समर्थन गर्ने पनि बताए। झेजियाङको राजधानी हांगचौमा शनिबार प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली टोली र चिनियाँ राष्ट्रपति सी नेतृत्वको टोलीबीच औपचारिक भेटवार्ता भएको हो ।

१९औं एसियन खेलकुदको उद्घाटनमा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री दाहालले राष्ट्रपति सीसँग भेटघाटका क्रममा नेपाल सधैं ‘एक चीन नीति’मा दृढ रहेको स्पष्ट पारे।दाहालले आर्थिक मामिला, गरिबी निवारण र महामारीमा चीनले गरेको सहयोगका लागि धन्यवाद दिए।उनले ताइवान र तिब्बत चीनको अभिन्न हिस्सा भएको पनि स्पष्ट पारे।

त्यस्तै, प्रधानमन्त्री दाहालले नेपालमा चीनको सार्वभौमसत्ता र सुरक्षामा आँच आउने कुनै गतिविधि हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे। उनले बिआरआईमा संयुक्त पहलमा नेपाल सक्रिय रूपमा सहभागी हुने पनि बताएका थिए। सीसँगको भेटवार्तामा प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद पनि सहभागी थिए ।

सोही भेटवार्ताका क्रममा राष्ट्रपति सीले चीनले नेपालसँगको सम्बन्धलाई ठूलो महत्त्व दिएको बताए। उनले विकास रणनीति बनाउने सन्दर्भमा चीन नेपालसँग मिलेर काम गर्न तयार रहेको पनि स्पष्ट पारे। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077