Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले बागमती प्रदेश अधिवेशन आजदेखि, उद्घाटन गर्दै अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन गर्न लागेका हुन् ।

एमाले बागमती प्रदेशका अनुसार उद्घाटनको दिन आज काठमाडौंका विभिन्न ५ ठाउँबाट जुलुस निकालिनेछ। अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ।

अधिवेशनमा प्रदेशभरबाट १ हजार २ सय प्रतिनिधि सहभागी हुनेछन्। अधिवेशनले २ सय ४९ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ। अधिवेशन भोलिसम्म चल्नेछ । एमाले सातै प्रदेशमा अधिवेशन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077