Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जनकपुरमा राष्ट्रपति पौडेललाई नागरिक अभिनन्दन

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिक अभिनन्दन गरिएको छ ।

जानकी मन्दिरमा पूजापाठ गर्न आएका राष्ट्रपति पौडेललाई जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा नागरिक अभिनन्दन गरिएको हो ।

जनकपुरधामका मेयर मनोज साहले राष्ट्रपति पौडेललाई अभिनन्दन पत्र प्रदान गरेका छन् ।

देश र लोकतन्त्रका लागि पुर्याएको योगदानको कदर गर्दै राष्ट्रपति पौडेललाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, नेकपा एमालेकी नेतृ जुली महतो, कांग्रेस नेता विमलेन्द्र निधि, जनकपुरधामका पूर्व मेयर बजरंगप्रसाद साह लगायतले अभिनन्दन गरे।

राष्ट्रपति पौडेललाई प्रदान गरिएको अभिनन्दन पत्रमा मैथली भाषा प्रयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077