Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सरकारलाई सुन काण्डको छानबिन गराएरै छोड्छौं : केपी ओली

    सरकारलाई सुन काण्डको छानबिन गराएरै छोड्छौं : केपी ओली

    अनलाइन नेपाल
  • सोमबार, ८ असोज २०८०
  • 978
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनकाण्डमा सरकारले जाँचबुझ आयोग गठनमा ढिलाइ गरेको बताएका छन् ।

    काठमाडौंमा आयोजित पार्टीको वागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ‌ओलीले यस्तो बताएका हुन् ।



    अध्यक्ष ‌ओलीले सरकारले सुन तस्करी छानबिन गर्न नचाहेको आरोप लगाए । अध्यक्ष ओलीले सुन काण्डमा निष्पक्ष छानबिन गर्न सरकारले आलटाल गरे ढिलै भएपनि एमालेले छानबिन गरेर छोड्ने चेतावनी दिए ।



    सरकारले आयोगलाई सुन तस्करी छानबिन नभई तस्करी हुन नदिने गरी कानुन निर्माण गर्नका लागि सुझाव दिनुपर्ने जिद्दी गरिरहेको उनले बताए ।

    अध्यक्ष ओलीले सरकार सुन तस्करहरुलाई भगाउनका लागि सो आयोग एक महिनापछि मात्रै बनाउन सहमत भएको समेत दाबी गरे । उनले आफ्नो पार्टीले पछिल्लो समय भएका सबै सुन तस्करीको कुनै पनि दिन छानबिन गराएरै छाडने चेतावनी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार