Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धारिलो हतियार प्रयोग गरी दसगजामा सशस्त्रका पूर्व जवानको हत्या

बारा । नेपाल भारत दसगजा क्षेत्रमा सशस्त्र प्रहरीका पूर्वसिपाहीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ ।

बाराको पचरौता नगरपालिका-१ पिपरपाती गाउँ नजिककै दसगजा क्षेत्रमा आइतबार मध्यराति पूर्व जवान अमरेश सिंहको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार ६ महिनाअघि जागिरबाट राजीनामा दिएर घर बसेका पचरौता नगरपालिका १ का सिंहको हत्या गरिएको अवस्थामा शव भेटिएको हो ।

उनको टाउको, घाँटीलगायतका शरीरका विभिन्न भागमा काटिएको गहिरो घाउचोट लागेको प्रहरीले जनाएको छ ।

हत्या आरोपमा भारतीय र नेपाली नागरिक गरी चार जनालाई नियन्त्रणामा लिएर सोधपुछ भइरहेको बारा प्रहरीको भनाई छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077