Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतले स्वीकृत गर्‍यो विश्व कप खेल्ने पाकिस्तानी टोलीको भिसा

एजेन्सी । भारतले विश्वकप खेल्ने पाकिस्तानी टोलीको भिसा स्वीकृत गरेको छ । दुबई हुँदै हैदराबाद उड्ने ४८ घण्टाभन्दा कम समयअघि भारत सरकारले भिसा स्वीकृत गरेको हो ।

यसअघि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भिसा जारी गर्न भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाएको थियो । उसले आईसीसीलाई पत्र लेखेको केही घण्टापछि भारतले हिजो बेलुका स्वीकृति दिएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जनाएको छ ।

टोली आज बिहान पाकिस्तानबाट उड्ने तालिका भए पनि हिजो बेलुकासम्म भिसा भएको थिएन । गएको जुलाईमा भएको आईसीसीको वार्षिक सम्मेलनमा आईसीसीलाई बीसीसीआईले पाकिस्तानी टोलीलाई समयमै भिसा उपलब्ध गराउने बताएको थियो ।

विश्व कपको १३औँ संस्करणको प्रतियोगितामा १० टिम सहभागी हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077