Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुनको दैनिक आयात कोटामा वृद्धि, अब २० किलो आयात गर्न पाइने !

    सुनको दैनिक आयात कोटामा वृद्धि, अब २० किलो आयात गर्न पाइने !

    अनलाइन नेपाल
  • बुधबार, १० असोज २०८०
  • 1.4K
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । अब वाणिज्य बैंकहरुले दैनिक २० किलो सुन आयात गर्न पाउने भएका छन् । विदेशी विनिमय व्यवस्थापन विभागले बुधबार एक परिपत्र जारी गर्दै सुन आयातको दैनिक परिमाण १० किलोबाट २० किलो बनाएको हो ।

    हाल दैनिक १० किलोसम्म मात्रै सुन आयात गर्न पाउने व्यवस्था रहेकोमा अब राष्ट्र बैंकले तोकेको दैनिक निर्धारित सीमाको परिमाणमा नबढ्ने गरी वाणिज्य बैंकहरुले सुन आयात गर्न सक्नेछन् ।



    नजिकिँदो चाडपर्वमा दैनिक १० किलोको कोटाले सुनको माग धान्न नसकिने भन्दै व्यवसायीहरुले आयातको कोटा बढाउन माग गर्दै आएका थिए । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी यो परिपत्र जारी गरिएको छ ।



    नयाँ व्यवस्था अनुसार कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिनामा आयात गर्न पाइने छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार