Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आजको मौसम : यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    आजको मौसम : यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • बिहिबार, ११ असोज २०८०
  • 999
    SHARES

    काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।

    जसको प्रभावले हाल कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।



    आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र देशका बाँकी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



    आज राति कोशी, गण्डकी र बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार