Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्वकप खेल्न पाकिस्तानको क्रिकेट टोली भारतमा

काठमाडौं । पाकिस्तानको टोली एकदिवसीय विश्वकप खेल्न भारत पुगेको छ । पाकिस्तानको टोली गएराति भारतको हैदराबाद पुगेको हो ।

पाकिस्तान क्रिकेट टोली लाहोरबाट दुबई हुँदै हैदराबाद पुगेको हो । यसअघि सोमवार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भिसा जारी गर्न भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाएको थियो ।

उसले आईसीसीलाई पत्र लेखेको केही घण्टापछि भारतले भिसा स्वीकृत गरेको थियो ।

पाकिस्तान सन् २०१६ को टी–२० विश्वकपपछि पहिलो पटक भारत आएको हो । भारत र पाकिस्तानबीचको खेल अक्टोबर १४ तारिखमा अहमदाबादमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077