Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१९औं एसियाड : ब्याडमिन्टनमा नेपालको पुरुष टिम क्वाटरफाइनल प्रवेश

काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुद (एसियाड)मा ब्याडमिन्टनतर्फ नेपालको पुरुष टिमले मंगोलियालाई पराजित गरेको छ ।

बिनजियाङ जिम्नयाजियम कोर्टमा आज भएको खेलमा नेपालले मंगोलियालाई अन्तिम १६ को खेलमा ३ १ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पुरुष टिम इभेन्टमा नेपालका प्रिन्स दाहालले मंगोलियाका गेरेलसुख जार्गलसाइखानलाई तथा सुनिल जोशीले अभितुगुल्दर ब्याम्बाजाभलाई समान २ ० ले हराए । प्रिन्स २१-८, २१-१४ तथा सुनिल २१-११, २१-७ ले विजयी भए ।

तर विष्णु कटुवाल भने सुमियासुरेन एनखबातसँग २-१ ले पराजित भएपछि मंगोलियाले पुनरागमन गरेको थियो । प्रतिस्पर्धात्मक खेलमा विष्णु २१-२३, २४-२२, १७-२१ ले पराजित भए ।

प्रिन्स दाहाल र विष्णु कटुवालको जोडीले जोल्जाया मुनखबातार र एनखबात ओलोनबायरको जोडीलाई २-० ले पराजित गर्दै खेल जितेको हो । प्रिन्स र विष्णुको जोडी २१-८, २१-९ ले विजयी भयो । महिला टिम इभेन्टमा भने नेपाल माल्दिभ्ससँग ३-१ ले पराजित भयो ।१९औं एसियाड :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077