Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • एमाले बागमती अधिवेशन : भोलिलाई सारियो मतदान, सहमतिको प्रयास जारी

    एमाले बागमती अधिवेशन : भोलिलाई सारियो मतदान, सहमतिको प्रयास जारी

    अनलाइन नेपाल
  • बिहिबार, ११ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनमा आज निर्वाचन नहुने भएको छ ।

    सहमतिबाटै अध्यक्षलगायत चयन गर्न भन्दै निर्वाचन कार्यतालिका संशोधन गरिए हो । अझै सहमतिको प्रयास जारी भएकाले भोलिसम्मको लागि मतदानको कार्यक्रम स्थगित गरेको छ ।



    अहिले सहमतिको प्रयास जारी भएकाले आज ८ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । सहमति नजुटे उम्मेदवारी अन्तिम नामावली प्रकाशन ९ बजे प्रकाशन हुनेछ ।



    अध्यक्ष पदमा कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलाशप्रसाद ढुंगेल, सानुकुमार श्रेष्ठको उम्मेदवारी परेको छ।

    अध्यक्षमै उम्मेदवारी दिएका केशवराज पाण्डेले भने उम्मेदवारी फिर्ता लिइसकेका छन्। मतदान भने शुक्रबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने निर्वाचन कार्यतालिकामा उल्लेख छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार