Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कात्तिकदेखि नयाँ नोट सटही सुरु हुने, प्रतिव्यक्ति १८ हजार दिइने

    कात्तिकदेखि नयाँ नोट सटही सुरु हुने, प्रतिव्यक्ति १८ हजार दिइने

    अनलाइन नेपाल
  • बिहिबार, ११ असोज २०८०
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैङ्कले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने भएको छ ।

    राष्ट्र बैङ्कका मुद्रा व्यवस्थापन विभागका निर्देशक वासुदेव भट्टराईका अनुसार दसैँ, तिहार, छठजस्ता चाडपर्वका लागि कात्तिकको सुरुबाट नै नोट सटही सुविधा प्रदान गर्न लागिएको हो ।



    उनले भने, “गतवर्षजस्तै यस वर्ष पनि दसैँ, तिहार, छठजस्ता पर्वका लागि कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्नेछौँ ।” गत वर्षजस्तै सर्वसाधारणले यो वर्ष पनि प्रतिव्यक्ति १८ हजार पाँचसय रुपियाँसम्मका नयाँ नोट साट्न पाउनेछन् ।



    यो पाँचदेखि एकसय रुपियाँसम्मको एक–एक वटा बन्डल हो । बैङ्कले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट सटही सुविधा प्रदान गर्ने उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार