Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकहरुको अदलीबदली, ९१ जना मिसन इलाकातर्फ प्रस्थान

काठमाडौं । दक्षिण सुडानमा तैनाथ शान्ति सेनाको अदलीबदली भएको छ । बाह्रौँ डफ्फालाई बदली गर्न खटिएको तारादल गण (शान्ति सेना) तेह्रौँ डफ्फाका ९१ जना शान्ति सैनिकहरू असोज १० गते मिसन इलाकातर्फ प्रस्थान गरेका हुन् ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सेनानी डम्मर बहादुर पुनको नेतृत्वमा संयुक्त राष्ट्र संघको चार्टर्ड विमानद्वारा प्रस्थान गरेको उक्त टोली तारादल गणको अन्तिम टोली भएको छ ।

गणपति, प्रमुख सेनानी अनिल के.सी.को कमाण्डमा रहेको सो गणका ६०९ जना सकलदर्जा यस अगावै मिसन इलाका पुगिसकेका छन् ।

यस्तै, उक्त मिसनमा तैनाथ शेर गण (शान्ति सेना) बाह्रौँ डफ्फाका ९१ जना शान्ति सैनिकहरू गणपति, प्रमुख सेनानी मदन जंग कार्कीको नेतृत्वमा आश्‍विन १० गते नै स्वदेश फिर्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077