Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भारत र क्यानडाबीच कूटनीतिक विवाद भइरहेका बेला जयशंकरले भेटे अमेरिकी विदेशमन्त्री

एजेन्सी । भारतीय विदेशमन्त्री एस जयशंकर र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच भेटवार्ता भएको छ ।

खालिस्तान समर्थक पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्याका विषयमा भारत र क्यानडाबीच कूटनीतिक विवाद भइरहेका बेला उनीहरुबीच बिहीबार वासिङ्टनस्थित अमेरिकी विदेश मन्त्रालयमा भेटवार्ता भएको हो ।

उक्त बैठकपछि भारतीय विदेशमन्त्री जयशंकरले भने, ‘यहाँ फर्केर आउँदा राम्रो लाग्यो। भर्खरै हाम्रा प्रधानमन्त्री यहाँ आएका थिए। जी२० शिखर सम्मेलनमा सबै मुद्दामा समर्थनका लागि अमेरिकालाई धन्यवाद।’

अमेरिकी विदेश सचिव ब्लिन्केनले पनि यस भेटमा आफूहरूबीच ‘धेरै राम्रो छलफल’ भएको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077