Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाकिस्तानमा विस्फोट हुँदा ५२ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिण–पश्चिमी मास्तुङ जिल्लामा आज भएको विस्फोटमा परि कम्तीमा ५२ जनाको जनाको ज्यान गएको छ ।

इद मिलादुन नबी मनाउन मानिसहरू भेला भएको मस्जिद नजिकै विस्फोट भएको हो ।

विस्फोटमा परि अरू ५० जनाभन्दा धेरै घाइते भएका प्रहरीले जनाएको छ । मृतकको सङ्ख्या बढ्न सक्ने बताइएको छ ।

पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका भक्तजनलाई लक्ष्य गरी विष्फोट गराइएको बताउँदै गृह मन्त्रालयले अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077