Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

साउदी अरबमा नेपालीलाई धमाधम एक्जिट भिसा

दोहा । गैरकानुनीरूपमा बसेका ७५ नेपालीलाई साउदी अरबले एक्जिट भिसा दिएको छ । रियादस्थित नेपाली दूतावासका अनुसार उद्धारका लागि बहिर्गमन भिसा (एक्जिट भिसा) को प्रक्रिया गरिएका मध्ये थप ७५ जनाको एक्जिट भिसा प्राप्त भएको छ । दूतावासले उनीहरूलाई चाँडोभन्दा चाँडो नेपाल फर्कन अनुरोध गरेको छ ।

गैरकानुनी तथा अलपत्र नेपालीले आफ्नो मोबाइलमा एक्जिट भिसा लागेको म्यासेज आएको छैन भने दूतावासमा आएर आफ्नो एक्जिट भिसाको पेपर लिएर जान दूतावासले अनुरोध गरेको छ ।

दूतावासले एक्जिट भिसा लागेको म्यासेज मोबाइलमा आइसकेको भए एयरपोर्टमा त्यही म्यासेज देखाउँदा हुने र एक्जिट पेपर लिनका लागि दूतावासमा आइरहनु नपर्ने पनि जनाएको छ ।

दूतावासले भनेको छ, ‘एक्जिट भिसा प्रोसेसिङ निःशुल्क हुनेछ । यसबापत् एक हलाला पनि कहिी कतै बुझाउनु पर्दैन । तर एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्नेछ ।’

एक्जिट भिसा प्रोसेसिङका सम्बन्धमा जानकारी चाहिएमा दूतावासको फेसबुक पेजमा राखिएको जानकारीमूलक सूचना हेर्न पनि दूतावासले अनुरोध गरेको छ ।

साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077