Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माल्दिभ्सविरुद्ध नेपालले गुमायो पहिलो विकेट, आशिफ शेख 'आउट'

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ । आशिफ शेख मात्र ६ रन बनाएर क्याच आउट भएका हुन् ।

नेपालले २० रनको स्थितिमा पहिलो विकेट गुमायो । एसियाली खेलकुद अन्तरगतको आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

आजको खेलमा पनि नेपाल रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रेको छ । नेपाली टोलीमा पौडेलसहित आशिफ शेख, कुशल मल्ला, कुशल भुर्तेल, विनोद भण्डारी, गुल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, अविनाश बोहोरा, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् । नेपालले पहिलो खेलमा मंगोलियालाई २ सय ७३ रनले हराएको थियो ।

मंगोलियाविरुद्ध ११ विश्व कीर्तिमान बनाएको नेपालले माल्दिभ्सविरुद्ध पनि त्यस्तै नतिजा निकाल्न चाहन्छ । आजको खेल जितेमा नेपाल क्वाटरफाइनलमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077