Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस महामन्त्री थापाको प्रस्ताव - हाम्रा मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाऔं, मोर्चाले सरकार बनाओस्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीबाट सरकारमा मन्त्री भएकाहरूलाई फिर्ता बोलाउनु पर्ने बताएका छन् ।

कांग्रेस रुपान्तरण अभियानले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । महामन्त्री थापाले पार्टीबाट सरकारमा मन्त्री भएकाहरूलाई फिर्ता बोलाएर फ्लोरबाटै अहिलेको सरकारलाई समर्थन गरेर बस्नुपर्ने प्रस्ताव गरे ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा कांग्रेसका नौ जना मन्त्री छन्। त्यसपछिको पालोमा कांग्रेस एक्लैले सरकार बनाउन पाउनुपर्ने महामन्त्री थापाको शर्त छ ।

महामन्त्री थापाले भने, ‘प्रचण्डपछि माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा ९समाजवादी० मोर्चाले सरकार बनाओस्, हाम्रो मन्त्रीहरु फिर्ता बोलाऔं । माधव नेपाल नेतृत्वको सरकारपछि कांग्रेस एक्लैले सरकार बनाउन पाउनुपर्छ ।कांग्रेसले एक्लै सरकार चलाउँछ, जस भए पनि अपसज भए पनि कांग्रेसले लिन्छ।’

गठबन्धनमा भएको आलोपालोको सहमतिअनुसार पुष्पकमल दाहाल प्रचण्डपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने छन् । त्यो बेला कांग्रेस सरकारमा जान नहुने र फ्लोरबाट मात्र समर्थन गर्नुपर्ने महामन्त्री थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077