Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रज्ञा प्रतिष्ठानलाई राप्रपाले ध्यानाकर्षण गराउँदै भन्यो - ॐ शब्द हटाउन खोजिए अस्वीकार्य

काठमाडौं । नेपाली शब्दकोशबाट ॐ शब्द हटाउन खोजेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाल प्रज्ञा प्रतिष्ठानको ध्यानाकर्षण गराएको छ ।

सो सम्बन्धी सत्यतथ्य बुझ्न राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् संसदीय दलका उपनेता बुद्धिमान तामाङको नेतृत्वमा गएको पार्टीको टोलीले आज नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति भुपाल राइसँग छलफल गर्दै ध्यानाकर्षण गराएको हो ।

सत्य तथ्य बुझ्न भन्दै उनीहरुले नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति भुपाल राईसँग भेटघाट गरी छलफल गरेको थियो। भेटपछि राईले समाचारमा आएका विषयमा कुनै सत्यता नभएको प्रज्ञा प्रतिष्ठानले राप्रपाको टोलीलाई आश्वस्त पारेको थियो।

राप्रपाले प्रज्ञा प्रतिष्ठानजस्तो संस्थाहरुले आफ्नो साख भत्किन दिन नहुनेमा सजग हुनुपर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077