Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जग्गा विवादका कारण उत्तर प्रदेशमा एकै परिवारका ६ जनाको हत्या

एजेन्सी । भारतको उत्तर प्रदेशमा एकै परिवारका ६ जनाको हत्या भएको छ । प्रदेशको देवरिया जिल्लास्थित रुद्रपुरनजिकै आज बिहान एकै परिवारका ६ जनाको हत्या भएको हो ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार जिल्लाको फतेहपुर गाउँमा जग्गा विवादमा एकै परिवारका ६ जनाको हत्या गरिएको छ ।

समाचारमा जनाइएअनुसार उक्त परिवारको गाउँकै एक व्यक्तिसँग लामो समयदेखि जग्गा विवाद थियो ।

आज बिहान उनीहरूबीच पुनः विवाद भएको थियो । विवाद बढ्दै गएपछि दुई पक्षबीच कुटाकुट भएको थियो । जसमा गोलीसमेत चलेको बताइएको छ । घटनाको प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077