Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१९औं एसियाली खेलकुद : कबड्डीमा नेपालले पदक जित्ने पक्का

काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुदमा नेपालले पदक जित्ने सम्भावना बढेको छ।

महिला कबड्डीमा सोमबार बंगालदेशलाई ३७/२४ ले पराजित गरेसँगै नेपालको पदक सम्भावना बढेको हो।

महिला कबड्डीमा कुल ७ टोली सहभागी भएकोमा नेपाल रहेको समूहमा इरानसहित तीन टिम मात्र छन् ।

पहिलो खेलमा नेपालले जित हात पारेपछि सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको हो ।

अब अर्को खेलमा इरानले बंगलादेशलाई हराएमा नेपाल यस समूहबाट सेमिफाइनल पुग्नेछ र सेमिफाइनल पुग्ने टिमले कम्तीमा कांस्य पदक जित्नेछ ।

नेपालले समूह ए को दोस्रो तथा अन्तिम खेल मंगलबार इरानसँग खेल्नेछ । इरान र बंगलादेशबीचको खेल भने बुधबार हुनेछ ।

समूह बी मा भारत, थाइल्याण्ड, दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077