Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रपति पौडेललाई रास्वपाको प्रश्न - कर्तव्य ज्यान मुद्दाका दोषीलाई आममाफी किन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

दिनदहाडै मानिसको हत्या गरेको कसुरमा जन्मकैदको सजाय काटिरहेका योगराज ढकाल ‘रिगल’लाई आममाफी दिएको विषयमा राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराउन नेताहरू राष्ट्रपति कार्यालय पुगेका हुन् ।

राष्ट्रपति पौडेललाई भेटेर संविधान दिवसको अवसरमा कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका व्यक्तिलाई आममाफी दिइएको विषयमा गम्भीर चासो व्यक्त गरेका छन् ।

सभापति लामिछानेसहित नेताले सोमवार राष्ट्रपति पौडेललाई भेटी जघन्य अपराधमा संलग्नलाई आममाफी दिइएकोमा असन्तुष्टि जनाएका छन्। भेटमा राष्ट्रपति पौडेलले सरकारले सिफारिश गरेका २४ जनाको नाम फिर्ता पठाएको स्मरण गराएका थिए ।

संविधान दिवसको अवसरमा व्यक्ति हत्याको कसुरमा जेल सजाय व्यहोरिरहेका व्यक्तिलाई समेत आममाफी दिइएको भन्दै रास्वपा सभापति लामिछानेले संसद्मा आपत्ति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077