Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अस्ट्रेलिया पलायन भएका विमल स्वदेश फर्कने, एफसी चितवनबाट एनएसएल खेल्ने

    अस्ट्रेलिया पलायन भएका विमल स्वदेश फर्कने, एफसी चितवनबाट एनएसएल खेल्ने

    अनलाइन नेपाल
  • सोमबार, १५ असोज २०८०
  • 3K
    SHARES

    काठमाडौं । गत शुक्रबार अस्ट्रेलिया पलायन भए भनिएका नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर नेपाल सुपर लिग (एनएसएल) खेल्न नेपाल फर्किने भएका छन् ।

    विमलले सोमबार सामाजिक सञ्जालमार्फत आफू एनएसएलका लागि नेपाल फर्किने जनाएका हुन् ।



    एनएसएलको अघिल्लो दिन मात्रै विमल अष्ट्रेलियातर्फ लागेका थिए । एफसी चितवनको आइकोनिक खेलाडीको रुपमा विमलले एनएसएल खेल्ने बताइएको छ ।



    ‘जिन्दगीमा अनेकौ उतार–चढाव आउँछन, उमेरको बड्दो क्रमसँगै जिम्मेवारी र ब्यवहारिक पन पनि बड्ने रहेछ। त्यसै क्रममा आफ्नो र परिवारको उज्ज्वल भविष्य बनाउनको निम्ति आफ्नो प्राण प्यारो देशप्रतिको माया र लगावलाई एक्छिन थाती राखेर अष्ट्रेलिया आउने निधो गरे। तर पनि मलाइ माया गरेर पुन आउँदै गरेको नेपाल सुपर लिगमा आइकनिक प्लेयरको रुपमा फेरि पनि आफ्नो माटोमा खेल्ने सुवर्ण मौका दिनु भएकोमा चितवन एफसीलाई लाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। यो अवसर सिर्जना गरिदिनु हुने आदरणीय ब्यक्तित्व लगायत मेरा सम्पूर्ण शुभचिन्तक हरुमा हार्दिक नमन टक्राउन चाहन्छु। जय नेपाल जय नेपाली फुटबल,’ विमलले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार