Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आफ्नो ज्यान मार्न खोज्नेलाई सरकारले संरक्षण गरेको ओलीको आरोप

    आफ्नो ज्यान मार्न खोज्नेलाई सरकारले संरक्षण गरेको ओलीको आरोप

    अनलाइन नेपाल
  • मंगलबार, १६ असोज २०८०
  • 996
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि आक्रमण गर्न खोज्ने सत्ता साझेदार दलकै कार्यकर्ता रहेको दाबी गरेका छन् ।

    प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै अध्यक्ष ओलीले सरकारले हिंसालाई प्रोत्साहन गरिरहेको आरोप लगाएका हुन् । अध्यक्ष ओलीले आफ्नो ज्यान मार्न खोज्ने ‘अपराधी’लाई सरकारले जोखाउन खोजेको आरोप लगाए।



    अध्यक्ष ओलीले भने,‘प्रमुख प्रतिपक्षी दलको नेतामाथि ज्यान लिन सांघातिक हमला गर्छ, गराउँछ । यो मैले किन भनेको भने हमलाकारीलाई कानूनको दायरामा ल्याउँदैन । मेरो ज्यान मार्न खोज्ने त्यस्ता मान्छेलाई समाउँदैन, समातेझैँ गर्न खोज्यो भने तत्काल छाड्छ । पहरीको टाउको फुटाउने त्यो स्तरको हमला हुँदा, हामीमाथि हमला हुँदा केही नगर्नु भन्ने आदेश गर्छ ।’



    गठबन्धनबाहेक दलको अस्तित्व सरकारले स्वीकार नगरेको ओलीले आरोप लगाए । गत वैशाखमा ओलीमाथि पहिचान पक्षधरहरूले आक्रमणको प्रयास गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार