Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पूर्व सईले गरे छोरीमाथि करणीको प्रयास, प्रहरीमा उजुरी

कैलाली । कैलालीमा एक बाबुले आफ्नै छोरीलाई करणीको प्रयास गरेको आरोप लागेको छ ।

जिल्लाको धनगढी उपमहानगरपालिकामा पूर्व प्रहरी नायब निरीक्षक (सई) समेत रहेका ५० वर्षीय बाबुले २२ वर्षीय छोरीमाथि जबरजस्ती करणीको प्रयास गरेका हुन् ।

उनले काठमाडौंमा अध्ययनरत छोरी बिदामा धनगढी आएको मौका छोपी असोज १३ गते दिउँसो करणीको प्रयास गरेको प्रहरीमा उजुरी परेको छ । उजुरी परे लगत्तै बाबु अहिले फरार छन् ।

उजुरी परेको आधारमा पीडित सँग थप कुरा बुझ्ने र आरोपीलाई खोज्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077