Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • ट्रकको ठक्करबाट धादिङमा दुई जना विद्यार्थीको मृत्यु

    ट्रकको ठक्करबाट धादिङमा दुई जना विद्यार्थीको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १७ असोज २०८०
  • 804
    SHARES

    फाइल तस्विर

    धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका २ मजुवामा ट्रकको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएको छ ।

    बाटो क्रस गर्ने क्रममा ट्रकको ठक्करबाट सिद्धलेक गाउँपालिका ६ का निर्मल श्रेष्ठ र सन्जिव श्रेष्ठको मृत्यु भएको हो ।



    काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको प्रदेश ०२–००१ ख ६४१३ नम्बरको बाह्रचक्के ट्रकको ठक्करबाट बागेश्वरी माध्यमिक विद्यालयको कक्षा आठमा अध्ययनरत ती दुई विद्यार्थीहरुको घटनास्थलमै मृत्यु भएको हो ।



    शव परीक्षणका लागि गजुरी अस्पताल पठाइएको छ । घटनापछि मृतकका आफन्तले राजमार्ग अवरुद्ध गरेका छन् ।

    बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार