Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • माल्टा पठाईदिन्छु भन्दै छ लाख ठगी गर्ने रन्जन सामाखुशीबाट पक्राउ

    माल्टा पठाईदिन्छु भन्दै छ लाख ठगी गर्ने रन्जन सामाखुशीबाट पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १७ असोज २०८०
  • 3.1K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले माल्टा पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका-१२ स्थाई घर भई हाल काठमाडौंको थानकोट बस्ने रन्जन पाण्डे रहेका छन् ।



    पाण्डेले वैदेशिक रोजगारीको लागि माल्टा पठाई दिने भन्दै बिष्णु विक्रम खड्कासहित चार जनासंग छ लाख रुपैयाँ ठगी गरेर फरार भएका थिए ।



    पाण्डेले माल्टा पुगेपछि फुड डेलिभरीमा काम लगाई दिने र मासिक १ लाख कमाई हुने प्रलोभन देखाएर ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    पाण्डेले ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।

    पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पाण्डेलाई आज सामाखुशीबाट पक्राउ गरेको हो ।

    पक्राउ परेका पाण्डेलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार