Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सेयर बजारमा सामान्य अंकको वृद्धि,१ अर्ब १८ करोडको कारोबार

    सेयर बजारमा सामान्य अंकको वृद्धि,१ अर्ब १८ करोडको कारोबार

    अनलाइन नेपाल
  • बुधबार, १७ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । आज सेयर बजार परिसूचक नेप्से सामान्य अंकको बढेको छ ।

    साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से ९.२४ अंकले वृद्धि हुँदा १९६७.९४ को विन्दुमा बन्द भएको हो ।



    बैंकिङ उपसूचकमा भने ०.०७ प्रतिशतको समान्य गिरावट भएको छ । अन्य सबै उपसूचकमा वृद्धि हुादा नेप्से पनि बढेको हो ।



    होटल तथा पर्यटन उपसूचक १.५२ प्रतिशत र हाइड्रोपावर उपसूचक १.३७ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक पनि १.०४ प्रतिशतले बढेको छ ।

    मंगलबार नेप्सेमा गिरावटका बाबजुत पनि १ अर्ब १९ करोड ९१ लाखको कारोबार भएको थियो । बुधबार कारोबार रकम थप घटेर १ अर्ब १८ करोड ९९ लाखको कारोबार भएको छ ।

    ५८ हजार ७४१ वटा कारोबारमा ४३ लाख २३ हजार २१ कित्ता सूचीकृत धितोपत्र किनबेच भएको छ ।

    बुधबार सिटिजन्स लाइफको सर्वाधिक ६ करोड ९४ लाखको कारोबार हुँदा रियालयबल लाइफ इन्स्योरेन्सको ४ करोड ३१ लाख र शिवम् सिमेन्टको ३ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार