Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • युरोप पठाउने भन्दै ८० लाख ठगी, पाकिस्तानी र अजरबैजानी नागरिक पक्राउ

    युरोप पठाउने भन्दै ८० लाख ठगी, पाकिस्तानी र अजरबैजानी नागरिक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १७ असोज २०८०
  • 3.2K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी कार्यमा संलग्न रहेको आरोपमा एकजना पाकिस्तानी र एकजना अजरबैजानकी नागरिकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा पाकिस्तानको राहुलपिन्डी घर भएका ५१ वर्षीय नाजिर मोहम्मद र अजरबैजानकी ३१ वर्षीया महिला ऐसेल हुसेनिल रहेका छन् ।



    उनीहरुको साँगगाठमा वैदेशिक रोजगारका लागि चेक रिपब्लिक, नर्वे, पोल्यान्ड, पोर्चुगलसहित युरोपका देशमा पठाउने आश्वासन दिएर वर्क पर्मिटलगायतका नक्कली कागजातहरू देखाएर ठगेको आरोपमा प्रहरीले नाजिर र ऐसेललाई पक्राउ गरेको हो ।



    उनीहरूले प्रोसेसिङ गर्नका लागि एक लाख ३३ हजार लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार उनीहरूले नक्कली अफर लेटर, वर्कपर्मिट, भिसालगायतका कागजातहरू पठाएर रकम पठाउन लगाउने गरेको पाइएको छ ।

    उनीहरूले करिब ८० लाख रुपैयाँ ठगी गरेको खुलेको प्रहरीले जनाएको छ । पीडितहरूलाई विश्वास दिलाउन उनीहरूले अजरबैजान लगेर घुमाइदिने गरेका थिए ।

    उनीहरूलाई ठमेलको एक होटेलबाट पक्राउ गरिएको हो । अहिले उनीहरूमाथि थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर टेकु पठाईएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार