Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपालगन्जमा फेरि सद्भाव र्‍याली निकालिने, सद्भाव विरोधी गतिविधि गर्नेलाई कारबाही

    नेपालगन्जमा फेरि सद्भाव र्‍याली निकालिने, सद्भाव विरोधी गतिविधि गर्नेलाई कारबाही

    अनलाइन नेपाल
  • बुधबार, १७ असोज २०८०
  • 2.6K
    SHARES

    नेपालगन्ज । शान्ति र सद्भावका लागि नेपालगन्जमा फेरि सद्भाव र्‍याली निकालिने भएको छ।

    जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार बोलाएको सर्वदलीय/सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।



    बैठकले जारी कर्फ्युको दायरा खुकुलो बनाउने र सद्भाव र्‍याली निकाल्ने निर्णय भएको हो । यसअघि मंगलबार बिहान पनि सद्भाव र्‍याली निकालिएको थियो।



    यस्तै बैठकले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट सामाजिक सद्भाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा कसैको धार्मिक आस्थामा आँच आउनेजस्ता कानुन विपरितका कार्य गर्ने कुनै पनि व्यक्तिहरुलाई तत्काल कानुन बमोजिम कारबाही गर्ने निर्णय पनि गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार