Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • नेपाल प्रहरीका पाँचजना क्रिकेट खेलाडीहरूलाई आईजीपी कुँवरले गरे सम्मान

    नेपाल प्रहरीका पाँचजना क्रिकेट खेलाडीहरूलाई आईजीपी कुँवरले गरे सम्मान

    अनलाइन नेपाल
  • बिहिबार, १८ असोज २०८०
  • 5.4K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका पाँच जना क्रिकेट खेलाडीहरूलाई सम्मान गरिएको छ । चीनमा जारी १९औं एसियन गेम्समा टी–२० क्रिकेट प्रतियोगितामा राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गर्न सफल दिपेन्द्र सिंह ऐरीसहित पाँच जना खेलाडीहरूलाई सम्मान गरिएको हो ।

    नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रमबीच उनी हरूलाई सम्मान गरेका छन् ।



    सम्मानित हुनेहरूमा नेपाल पुलिस क्रिकेट टिमका कप्तान दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, सागर ढकाल एवम् नेपाल प्रहरीमा आवद्ध करण केसी र गुल्सन झा रहेका छन् ।



    चीनको झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा मंगोलियाविरूद्ध दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएका थिए । उनले १२ बलको विश्व कीर्तिमान पनि भंग गरेका थिए। यो कीर्तिमान भारतका युवराज सिंहको नाममा थियो।

    दीपेन्द्रले १९ औं ओभरका पछिल्ला पाँच बलमा ५ छक्का हिर्काएका थिए। अर्को ओभरको दोस्रो बलमा पनि छक्का हिर्काएपछि उनले ६ बलमा ६ छक्का प्रहार गर्ने अर्को विश्व कीर्तिमान बनाएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार