Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भारत पुग्यो एसियाली खेलकुदअन्तर्गत किक्रेटको फाइनलमा

काठमाडौं । १९औँ एसियाली खेलकुदअन्तर्गत पुरूष क्रिकेटमा भारत फाइनल प्रवेश गरेको छ।

हाङझाउमा भएको खेलमा भारतले बंगलादेशविरूद्ध रवाफिलो जित निकाल्दै फाइनलमा स्थान बनाएको हो।

टस जितेर भारतले पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो। बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर ९६ रनमात्र जोड्न सक्यो।

जवाफी ब्याटिङ गरेको भारतले १ विकेट गुमाउँदै १० ओभरमै ९७ रन बनायो।

भारतका लागि कप्तान रितुराज गायकवाडले ४० र तिलक बर्माले ५५ रन बनाए।

यसअघि क्वार्टरफाइनलमा भारतले नेपाललाई २३ रनले हराएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077