Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दशैँका लागि असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने

    दशैँका लागि असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असोज २०८०
  • 978
    SHARES

    काठमाडौं । सरकारले दशैँ, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि असोज २२ देखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ ।

    शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको हो ।



    अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएपनि थप यातायात सेवा व्यवस्थापनको विषयमा अरु निर्णय भइनसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।



    व्यवसायीले गाडि भाडा नबढाए बुकिङ नखोल्दै अडान राख्दै आएका थिए । मन्त्रालयमा भएको छलफलमा व्यवसायीहरूले पुरानै भाडामा अग्रिम टिकट खुल्ला गर्न सहमत भएका हुन ।

    सवारी भाडा, सवारी संख्या र रुट पर्मिट खुल्ला गर्ने विषयमा थप गृहकार्य हुने मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार