Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पार्टीमाथिको प्रहार रोक्नका लागि हस्तक्षेप आवश्यक छ : अध्यक्ष ओली

    पार्टीमाथिको प्रहार रोक्नका लागि हस्तक्षेप आवश्यक छ : अध्यक्ष ओली

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असोज २०८०
  • 804
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा सक्रियता बढाउन निर्देशन दिएका छन् ।

    शुक्रबार उपत्यका विशेष कमिटीको अधिवेशनको उद्घाटन गर्दै उनले सो निर्देशन दिएका हुन् ।



    उनले सामाजिक जागरण, अन्योल चिर्नका लागि हस्तक्षेप गर्नु आवश्यक रहेको बताए ।



    “सामाजिक सञ्जालमा सक्रियता, हस्तक्षेप आवश्यक छ । साथीहरुको फेसबुकमा कामका कुरा, ज्ञानका कुरा केही लेखेको छैन । चिनेका साथीहरुको फेसबुक हेर्यो, कामको कुरा केही छैन । यस्तो हस्तक्षेप होइन, जगारणका लागि, भ्रम, अन्योल चिर्नका लागि हस्तक्षेप । अगाडि बढ्ने उपाय, पार्टी युनिटी, पार्टीमाथिको प्रहार रोक्नका लागि हस्तक्षेप आवश्यक छ,” उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार