Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अध्यक्ष ओलीको टिप्पणी – कहिलेकाहीँ मनले सोचेका कुरा साँच्चै भइरहेको हुन्छ

    अध्यक्ष ओलीको टिप्पणी – कहिलेकाहीँ मनले सोचेका कुरा साँच्चै भइरहेको हुन्छ

    अनलाइन नेपाल
  • शनिबार, २० असोज २०८०
  • 606
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कहिलेकाहीँ मनले सोचेका कुरा साँच्चै भइरहेको हुन्छ भन्दै खुसी व्यक्त गरेका छन् ।

    उनले शुक्रबार ‘कलाकार मदनकृष्ण श्रेष्ठको एकल गायन सुन्ने, हेर्ने मौका मिलेको’ सामाजिक सञ्जालमा उल्लेख गर्दै खुसी व्यक्त गरेका हुन् ।



    ‘कहिलेकाहीँ यस्तो भइदिए पनि हुन्थ्यो भनेर मनले सोचेका कुरा साँच्चै भइरहेको हुन्छ। हिजो त्यस्तै भयो। हाम्रा प्रख्यात कलाकार मदनकृष्ण श्रेष्ठको एकल गायन सुन्ने, हेर्ने मौका मिल्यो। उहाँकै अगाडि बसेर गीत सुनियो, भनाइ सुनियो, बेलाबेला हाँसियो, बेलाबेला भावुक पनि भइयो। मदनकृष्णको मुडसँगै महत्त्वपूर्ण भेटघाटको पनि अवसर जुर्‍यो। शुभ बिहानी !’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार