Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसियाली खेलकुदको करातेमा एरिकाले गरिन पदक पक्का

काठमाडौं । चीनको हान्झाउमा जारी १९ औं एसियाली खेलकुदको कराँतेमा एरिका गुरूङ फाइनलमा पुगेकी छिन् ।

६८ केजी तौल समूहमा सेमिफाइनलमा हङकङकी यान काई होलाई ८/४ ले हराउँदै एरिका फाइनलमा पुगेकी हुन् ।

एरिकाले क्वार्टरफाइनलमा जापानकी खेलाडीलाई हराएकी थिइन् ।

एरिकाले फाइनल पुगे लगत्तै रजत पदक पक्का गरेकी छिन् र अब स्वर्णका लागि खेल्ने छिन् ।

एरिकाले नेपालका लागि दोस्रो पदक पक्का गरेकी हुन् । यसअघि नेपालले कबड्डीमा कास्य पदक जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077