Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले राजीनामा दिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की राजीनामा दिने भएका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअगाडि बसेको एमाले संसदीय दलको बैठकमा राजीनामा दिने घोषणा गरेका हुन ।

उनले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने जनाइएको छ । उनले आजै विश्वासको मत लिने समय तोकिएको थियो ।

संविधानकाे धारा १६८ काे उपधारा ३ अनुसार नियुक्त भएका मुख्यमन्त्रीले विश्वासकाे मत नपाए उपधारा ५ अनुसार नेतृत्वमा दाबी गर्न नपाउने कानुन व्यावसायीले सुझाव दिएपछि विश्वासको मत परीक्षण नगरि उनले राजीनामा दिने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077