Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसियाडको क्रिकेटमा भारतलाई स्वर्ण

काठमाडौं । चीनको हान्झाउमा जारी एसियाली खेलकुदको क्रिकेटमा भारतले स्वर्ण पदक जितेको छ ।

वर्षाका कारण फाइनल खेल पूरा नभएपछि वरीयतामा अघि रहेको आधारमा भारतलाई स्वर्ण पदक प्रदान गरिएको हो।

वरीयताका आधारमा पछि परेको अफगानिस्तानले भने रजत पदकमा चित्त बुझाएको छ ।

पहिला ब्याटिङ गरेको अफगानिस्तानले १८.२ ओभरमा ५ विकेट गुमाउँदै ११२ रन बनाएको स्थितिमा पानी परेपछि खेल रोकिएको थियो ।

तर पछि पानी नरोकिएपछि वरीयताका आधारमा भारतलाई विजेता घोषित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077