Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एसियाली खेलकुदको करातेमा एरिकाले जितिन् रजत पदक

काठमाडौं। चीनमा जारी एसियाली खेलकुदमा नेपालकी कराँते खेलाडी एरिका गुरुङले रजत पदक जितेकी छन् ।

१९औं एसियाली खेलकुदअन्तर्गत महिला ६८ केजी तौल समूहमा कजाकस्तानकी सोफ्या बेर्लुत्सेभासँग पराजित भएपछि उनी रजत पदकै सीमित भएकी हुन् ।

एरिका सोफ्यासँग ३-० ले पराजित भइन् । सेमिफाइनलमा एरिकाले हङकङकी खेलाडी यान काई होलाई ८-४ ले हराउँदै फाइनलमा प्रवेश गरेकी थिइन् ।

एरिकाले क्वार्टरफाइनलमा भने जापानी खेलाडी युजुकी सावाएलाई हराएकी थिइन् । नेपाले १९औं एसियाली खेलकुदमा दोस्रो पदक जितेको छ ।

यसअघि कबड्डीमा नेपाली महिला टोलीले कांस्य पदक जितिसकेको छ । इन्डोनेसियामा विश्व सितेरियो च्याम्पियनसिपमा स्वर्ण जितेर एरिका १९औं एसियाली खेलकुदका लागि चीन पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077