Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • एकदिवसीय विश्वकप : अफगानिस्तानमाथि बंगलादेशको सहज जित

    एकदिवसीय विश्वकप : अफगानिस्तानमाथि बंगलादेशको सहज जित

    अनलाइन नेपाल
  • शनिबार, २० असोज २०८०
  • 483
    SHARES

    काठमाडौं । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हराएको छ ।

    अफगानिस्तानले प्रस्तुत गरेको १ सय ५७ रनको लक्ष्य बंगलादेशले मात्र ४ विकेटको क्षतिमा ९२ बल अगावै पछ्याएको हो ।



    जितका लागि पाएको १५७ रनको लक्ष्य बंगलादेशले ३४.४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।



    बंगलादेशलाई जिताउन नजमुल हुसेनले नट आउट ५९ रन बनाए भने मेहदी हसन ५७ रनमा आउट भए ।

    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तान ३७.२ ओभरमा १५६ रन बनाउँदै अल आउट भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार