Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कानुन निर्माणमा एमालेको प्रतिपक्षीय भूमिका होइन, राष्ट्रिय भूमिका हुन्छ : अध्यक्ष ओली

    कानुन निर्माणमा एमालेको प्रतिपक्षीय भूमिका होइन, राष्ट्रिय भूमिका हुन्छ : अध्यक्ष ओली

    अनलाइन नेपाल
  • शनिबार, २० असोज २०८०
  • 558
    SHARES

    काठमाडौैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कानुन निर्माणमा आफ्नो पार्टी प्रतिपक्षको भूमिकामा नरहने बताएका छन् ।

    शनिबार ललितपुरमा आयोजित विद्युत् विधेयकसम्बन्धी अन्तरक्रिया कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका हुन् ।



    उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर कानुन बनाउनुपर्ने भएकाले आफूहरू प्रतिपक्षको भूमिकामा प्रस्तुत नहुने बताए ।



    विद्युत् विधेयक, २०८० लाई राष्ट्रिय हितमा हुने गरी संसद्बाट पारित गराउन आफ्नो पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने उनको भनाई छ । कानुन निर्माणको विषयलाई दलीय प्रश्न बनाउन नहुने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार