Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेप्सेमा ३५ अंकको गिरावट, १ अर्ब ८० करोडको कारोबार

    नेप्सेमा ३५ अंकको गिरावट, १ अर्ब ८० करोडको कारोबार

    अनलाइन नेपाल
  • आइतबार, २१ असोज २०८०
  • 675
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर कारोबार परिसूचक नेप्से करिब साढे ३५ अंकले घटेको छ ।

    आइतबार बजार खुलेदेखि नै घट्न थालेको नेप्से अन्तिमसम्म ३६.६७ अंकले घटेर १ हजार ९ सय २१.२४ विन्दुमा ओर्लेको हो ।



    आइतबार ५९ हजार १ सय ७१ कारोबारबाट ५८ लाख १५ हजार १८९ कित्ता सेयर किनबेच भएको छ । उक्त किनबेचबाट १ अर्ब ८० करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको हो ।



    गत बिहीबार सेयर बजारमा १ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । आइतबार कारोबारमा आएकामध्ये २१३ वटा कम्पनीको सेयर मूल्य बढेको छ । १६ वटा कम्पनीको घट्यो भने ४ वटाको सेयर मूल्य स्थिर छ ।

    नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोड रुपैयाँको सीमा बढाएर १५ करोड रुपैयाँ बनाएको भए पनि सेयर बजारमा भने नकारात्मक प्रभाव देखिएको छ ।

    गत बिहीबार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै मार्जिन प्रकृतिको सेयर धितो कर्जामा रहेको १२ करोडको सीमा बढाएर व्यक्तिगत लगानीकर्तालाई १५ करोड र संस्थागत लगानीकर्तालाई २० करोडको सीमा तोकेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार