Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमाले अध्यक्ष ओलीको व्यंग्य – देशलाई माया नगरेपछि गेरुवस्त्र लगाएर पाप कट्दैन !

    एमाले अध्यक्ष ओलीको व्यंग्य – देशलाई माया नगरेपछि गेरुवस्त्र लगाएर पाप कट्दैन !

    अनलाइन नेपाल
  • आइतबार, २१ असोज २०८०
  • 531
    SHARES

    धागडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारबाट देशको रक्षा हुनसक्ने अवस्था नरहेको बताएका छन् ।

    सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    अध्यक्ष ओलीले भने, ‘अहिले देशमा सरकार छ कि छैन ? के दुई धाम गरेरमात्रै हुन्छ ? जनतालाई माया नगरेपछि, देशलाई माया नगरेपछि चन्दन लगाएर गेरुवस्त्र लगाए पनि पाप कट्दैन, मानसरोवरमा डुबुल्की लगाए पनि पाप कट्दैन । एमालेले सरकार छाडेपछि अर्थतन्त्र ओरालो लाग्यो । हिंसा बढिरहेको छ । ७ प्रतिशतभन्दा माथि पु¥याइएको यो गठबन्धनले २ प्रतिशतभन्दा तल झारिसकेको छ।’



    उनले वर्तमान सरकारबाट देशको रक्षा हुनसक्ने अवस्था नरहेको टिप्पणी गरे । एमाले नेतृत्वको सरकारपछि अर्थतन्त्र झन् ओरालो लागेको ओलीको आरोप थियो ।

    अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जनताप्रति उत्तरदायी नभएको टिप्पणी गरे । उनले देश र जनतालाई आशा जगाउने बेलामा प्रधानमन्त्री भ्रमणमा केन्द्रित भएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार