Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा दिउँसो साढे ३ बजे बैठक बस्न लागेको हो ।

बैठकमा विद्युत् विधेयकका विषयमा उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बस्नेतले जवाफ दिने कार्यसूची छ ।

विद्युत् विधेयकमाथिको सैद्धान्तिक छलफल हिजै सकिएको छ । सैद्धान्तिक छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ आजको बैठकमा मन्त्री बस्नेतले दिन लागेका हुन्।

त्यसपछि सभामुखले विद्युत विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ पेश गर्ने संसद् सचिवालयले जनाएको छ ।

त्यसबाहेक सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077