Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

किशोरी बलात्कारको आरोपमा रौतहटबाट एक युवक पक्राउ

रौतहट । रौतहटमा किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गुजरा नगरपालिका–५ लक्ष्मीपुरका २० वर्षीय नासिर ईमाम रहेका छन् । नासिरलाई किशोरी बलात्कारको आरोपमा इलाका प्रहरी चन्द्रनिगाहपुरले पक्राउ गरेको हो ।

गजरा नगरपालिका– ५ कै एक किशोरीलाई स्थानीय इँट्टाभट्टामा लगेर उनले बलात्कार गरेको भन्दै पीडित परिवारले प्रहरीमा खबर गरेका थिए ।

पीडितको जाहेरीकै आधारमा उनलाई पक्राउ गरी अदालतबाट म्याद थपिएको इलाका प्रहरी चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।

प्रहरीले ईमामलाई शनिबार दिउँसो गाउँबाट पक्राउ गरिएको थियो । आइतबार अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान आगाडि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077