Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लगातार तेस्रो दिन पनि घट्यो नेप्से

    लगातार तेस्रो दिन पनि घट्यो नेप्से

    अनलाइन नेपाल
  • मंगलबार, २३ असोज २०८०
  • 654
    SHARES

    फाइल फोटो

    काठमाडौं । लगातार तेस्रो दिन सेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ ।

    गत आइतबार करिब साढे ३६ अंक, सोमबार साढे १२ अंकले घटेको नेप्से मंगलबार करिब १९.०६ अंकले घटेको हो ।



    योसँगै नेप्से परिसूचक १ हजार ८ सय ८९.५९ विन्दुमा ओर्लेको छ । नेपाल राष्ट्र बैंकले सेयर कर्जाको सीमा बढाएपछिको पहिलो कारोबार दिन आइतबार नेप्सेमा उच्च गिरावट आएको थियो ।



    मंगलबार ४४ हजार कारोबारबाट ४२ लाख ८७ हजार ४२४ कित्ता सेयर किनबेच भएको छ । उक्त किनबेचबाट १ अर्ब २८ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । गत सोमबार सेयर बजारमा १ अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

    मंगलबार कारोबारमा आएकामध्ये १९३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ३१ वटा कम्पनीको बढ्यो भने ९ वटाको सेयर मूल्य स्थिर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार