Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राई पनि अमेरिका उडेपछि निमित्त आईजीपीको जिम्मेवारी दीपक थापालाई

    राई पनि अमेरिका उडेपछि निमित्त आईजीपीको जिम्मेवारी दीपक थापालाई

    अनलाइन नेपाल
  • मंगलबार, २३ असोज २०८०
  • 2K
    SHARES

    काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई अमेरिका प्रस्थान गरेपछि निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापालाई दिइएको छ ।

    निमित्त आईजीपीको जिम्मेवारी सम्हालेका राई अमेरिका प्रस्थान गरेपछि थापालाई नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी दिइएको हो ।



    यसअघि महानिरीक्षक वसन्त कुँवरले निमित्त महानिरीक्षकको जिम्मेवारी राईलाई दिँदै विदेश लागेका थिए।  प्रहरी अतिरिक्त महानिरीक्षक राईसहितको ३ सदस्यीय टोली मंगलबार अमेरिका प्रस्थान गरेको छ ।



    अमेरिकाको सान डिएगो, क्यालिफोर्नियामा असोज २७ देखि ३० गतेसम्म संचालन हुने इन्टरनेसनल एसोसिएसन अफ चिफ अफ पुलिस कन्फरेन्स विषयक कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट सहभागी हुन उक्त टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

    उक्त टोलीमा निमित्त प्रहरी महानिरीक्षक राईका साथै प्रहरी नायव महानिरीक्षकद्वय दुर्गा सिंह र केदार ढकाल सम्मिलित रहेका छन् । उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना विदाइ गरेका थिए ।

    युनाइटेड स्टेट्स डिपार्टमेन्ट अफ जस्टिस इन्टरनेसनल क्रिमिनल इन्भेस्टिगेटिभ ट्रेनिङ एसिस्टेन्स प्रोग्रामद्वारा आयोजित उक्त कार्यक्रममा इन्टरपोल र अन्तर्राष्ट्रिय पुलिस सम्बन्धका भावी योजना, समुदाय प्रहरी साझेदारी अवधारणा अनुरूप मानव बेचबिखनका पीडितको सशक्तिकरण र विश्वास अभिवृद्धि गर्ने तथा आर्टिफिसियल इन्टेलिजेन्स एन्ड पुलिसिङ लगायत विविध विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार