Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भद्रपुरबाट ब्राउन सुगरसहित चार जना पक्राउ

झापा । साइकलको सिटमुनिको फलामे पाइपभित्र लुकाइ लागूऔषध ब्राउन सुगर ल्याउने चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका-२ स्थित हिमाली निवासी १९ वर्षीय निसान लिम्बु, सोही ठाउँका २४ वर्षीय रिवज रनपहेली, दमक नगरपालिका-१ निवासी रुस्बिन लिम्बु भनिने विवेक फियाक लिम्बु र दमक-२ का निश्चल भन्ने विक्रम लिम्बु रहेका छन् ।

सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले भद्रपुर-३ स्थित झोलुङ्गे पुलमा भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका निसान र पवनलाई रोकेर सोधपुछ गरेको र उनीहरूले लागूऔषध सेवन गरेको पाइएकोले नियन्त्रणमा लिएर वडा कार्यालय भद्रपुर पठाएका थिए।

प्रहरीले तीनै जनाको अगाडि साइकलको चेकजाँच गरेका थिए। उनीहरूले साइकल सिटमुनिको फलाम पाइपभित्र कालो प्लास्टिकमा पोका पारेको दुई पोका ब्राउन सुगर ल्याएको र जसको तौल १४ ग्राम १५० मिलिग्राम रहेको झापा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077