Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लगातार चार दिनको गिरावटपछि नेप्सेमा ५ अंकको सुधार

    लगातार चार दिनको गिरावटपछि नेप्सेमा ५ अंकको सुधार

    अनलाइन नेपाल
  • बुधबार, २४ असोज २०८०
  • 504
    SHARES

    काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा ५ अंकको सुधार आएको छ ।

    बुधवार नेप्से सूचक ५.१६ अंकले बढ्दै १८ सय ९४.७६ अंकमा उक्लिएको हो ।



    आइतबारदेखि निरन्तर ओरालो यात्रामा रहेको नेप्से सूचक मंगलबार सम्ममा ६७ अंक माथिले घट्न पुगेको थियो ।



    गत बिहीबार नै घटेको नेप्से आइतबारदेखि मंगलबारसम्म नै लगातार घट्यो । बुधबार भने ५.१६ अंकको सामान्य वृद्धि भएर १९९४.७६ को विन्दुमा बन्द भएको छ ।

    बुधबार उत्पादनमूलक, निर्जीवन बीमा र व्यापार बाहेक सबै उपसूचकमा वृद्धि भएको छ ।

    ५ अंकले नेप्से सूचक बढेको यस दिन जम्मा १ अर्ब ८ करोड ८५ लाख रुपैयाँ बराबरको ३७ लाख ३३ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार