Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भ्रष्टाचारका स्वरुपहरू परिवर्तन हुन थाले, डिलिङ हङकङ, दुबई र सिंगापुरमा हुन्छ : प्रमुख आयुक्त राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारका स्वरुपहरू परिवर्तन हुन थालेको बताएका छन् ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा आयोगका प्रमुख राईले प्रमाण संकलन नै गर्न नसकिने गरी भ्रष्टाचारका स्वरुपहरू परिवर्तन हुन थालेको बताएका हुन् ।

उनले भ्रष्टाचारका ठूला कारोबार देश बाहिर हुने गरेको र स्वदेशमा पनि भ्रष्टाचार एउटाले गर्ने र पैसा अर्कोले लिने परिपाटी देखिएको बताए । ‘सिंगापुर, हङकङ र युएईमा डिलिङ हुन थालेको छ’, राईले समितिमा भने, ‘इन्फरमेसन हुन्छ। हामीले सम्बन्धित देशमा पत्राचार गर्छौं। तर द्विपक्षीय सम्झौता नभएको भन्दै उनीहरूले दिन खोज्दैनन्।’

राईले पत्राचार गरिएका देशहरूबाट सूचना लिने दिने प्रयोजनका लागि सम्झौता गर्न सुझाव आएको बताए । कतिपय कारोबारबारे पत्ता लगाउन राष्ट्र बैंक समेत सफल नभएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077